Dabali News

Ad

श्रीकृष्णको सम्झनामा चलचित्र ‘कान्छी’ आउँदै

४ कात्तिक

काठमाडौं । अभिनेत्री तथा निर्मात्री श्वेता खड्काले स्वर्गीय पति तथा अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्झनामा चलचित्र ‘कान्छिी’ बजारमा आउन लागेको जानकारी दिएकी छन् । श्वेताले श्रीकृष्णलाई श्रद्धाञ्जलीस्वरूप नयाँ चलचित्र निर्माण गरिएको बताएकी छन् ।

तिहारको अवसरका शुभकामना दिने क्रममा उनले २६ माघको रिलिज तयारी गरेको यहि फिल्म आफ्ना पतिका लागि श्रद्धाञ्जली भएको पनि जनाएकी छन् । सो अबसरमा चलचित्रका सबै सदस्यहरूलाई निर्मात्री श्वेताले धन्यवाद र शुभकामना समेत दिएकी थिइन् ।

कलाकारहरू निर शाह, दयाहाङ राई, बसन्त श्रेष्ठ, अनु शाह, भूमिका श्रेष्ठ, कामेश्वर चौरासिया, आशान्त शर्मा, प्रज्वल गिरी, जयन्द्र लामालगायतलाई धन्यवाद दिँदै लेखेकी छिन्, ‘उहाँहरूको मिहेनत र लगनले निक्कै हौसला प्रदान गरेको छ ।’

छायाँकार पुरूषोत्तम प्रधान र निर्देशक आकाश अधिकारीलाई पनि उनले विशेष धन्यवाद दिएकी छिन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]