Dabali News

Ad

एनआरएनएको अध्यक्षमा भट्ट र कोषाध्यक्षमा थापा विजयी

३१ असोज

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् ।

सोमबार भएको मतदानमा भट्टले प्रतिस्पर्धी जमुना घले गुरुङलाई दोब्बर मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।
भट्टले ११ सय ९७ मत प्राप्त गर्दा गुरुङले भने ५ सय ८४ मत मात्र प्राप्त गरिन । १८५४ मध्ये १७८८ मतदाताले मतदान गरेका थिए ।

उपाध्यक्षमा कुमारप्रसाद पन्त र कुल आचार्य विजयी भएका छन् । दुई उपाध्यक्षको लागि ६ जनाले उम्मेदवारी दिएका थिए । त्यसैगरी महिला उपाध्यक्ष सपिला राजभण्डारी विजयी भएकी छन् । महासचिवमा डा. बद्रि केसी पुनः निर्वाचित भएका छन् ।

त्यसैगरी सचिवका लागि भएको प्रतिस्पर्धामा डबरबहादुर क्षेत्री र जानकी गुरुङ विजयी भएका छन् । कोषध्यक्षमा दोस्रो पटक हिक्मतबहादुर थापा बिजयी भएका छन् भने सह–कोषाध्यक्षमा सोमनाथ सापकोटा बिजयी भएको निर्वाचन समितिले जनाएको छ ।

महिला संयोजकमा भूमादेवी लिम्बु निर्वाचित भएकी छन् भने युवा संयोजकमा सुदन थापाले बाजी मारेका छन् ।

सन् २००३ मा स्थापना भएको एनआरएनमा २१ जनाको कार्यसमिति हुन्छ । उक्त समिति भित्र छ वटा क्षेत्रिय, महिला र युवा समितिको संयोजक र उपसंयोजक रहने व्याबस्था छ । एनआरएनएले ७८ ओटा देशमा संजाल विस्तार गरेको बताएपनि सम्मेलनमा ६० देशका प्रतिनिधि सहभागी थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]