Dabali News

Ad

एनआरएन एशिया प्यासिफिक क्षेत्रको सह-संयोजकमा कुँवरको उम्मेदवारी

३० असोज

काठमाडौँ । गैर आवसिय नेपाली संघ (एनआरएन)को आठौं महाधिवेशन काठमाडौँमा जारी छ । संघको आगामी नयाँ नेतृत्वको चयनको प्रक्रिया सुरु भएको छ ।

एसिया प्यासिफिक क्षेत्रको सह-संयोजकमा विनोद कुँवरले उम्मेदवारी दिएका छन् । म्याग्दीका कुँवर लामो समयदेखि दक्षिण कोरियामा होटल व्यवसाय गर्दै आएका छन् ।

कुँवरले २००९ देखि ११ र २०१३ देखि १५ गरी दुई पटक एनआरएन दक्षिण कोरियाको अध्यक्ष भइसकेका छन् । हाल आइसीसी सदस्य समेत रहेका कुँवर विभिन्न सामाजिक कार्यमा समेत संलग्न छन् ।

विगत १२ बर्षदेखिको एनआरएनएमा आवद्ध रहेका कुँवरले जीवन दवाडी, डोल्मा बचाउ अभियानको दक्षिण कोरियामा नेतृत्व समेत गरेका थिए ।

त्यसैगर वैदेशिक रोजगारीको क्रममा दक्षिण कोरिया पुगेका अमर याक्थुम्बा लिम्बु गोरखाका दिपेश थापाको उपचारको लागि कुँवरले अभियान चलाएरहेका छन् । कुँवरले जित एसिया प्रशान्त क्षेत्रमा रहेका नेपालीहरुको भोग्दै अाएका समस्या समाधान अाफ्नो मुख्य एजेण्डा हुने समेत बताए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]