Dabali News

Ad

दलहरुले बुझाएको समानुपातिक बन्दसूची ‘नक्कली’, तिहारपछि मात्र सक्कली

३० असोज

काठमाडौँ । प्रक्रिया पूरा गर्ने गरी दलहरुले आइतबार राति अबेरसम्म समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् । समानुपातिक निर्वाचनको लागि ५५ दलले बन्दसूची अायोगमा बुझाएका छन् ।

विशेष गरी नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपालगायतका दलहरुले उम्मेदवारको अन्तिम टुंगो नलाएरै बन्दूसीच पेश गरेका छन् । निर्वाचन आयोगले तोकेको समयसीमा भित्र बुझाउनै पर्ने भएका कारण दलहरुले बुझाएको बन्दसूची हेरफेर हुने छ । आयोगले तोकेको विलेका पाँच बजेसम्म हतार हतार ठूला दलहरुले प्रक्रिया पूरा गर्न पत्र बुझाए र केहीले टोकन लिए । नेपाली काँग्रेसले पाँच बजे टोकन लिएर ७ बजे मात्र बन्दसूची बुझाएको थियो ।

ठूला दलहरुले अहिले बुझाएको बन्दसूची अन्तिम होइन, तिहारपछि सच्याउनु गरी सूची बुझाएका छन् । यो व्यवस्था निर्वाचन आयोगले नै गरिदिएको छ । कात्तिक १५ गतेसम्म सूचीमा थप्ने र हटाउने क्रम जारी रहनेछ । यसअघि कात्तिक ५ गतेसम्मलाई भनेको थियो ।

निर्वाचन आयोगले अन्तिम नामावली कात्तिक १७ गते सार्वजनिक गर्नेछ । यसमा पनि दाबी विरोधको लागि समय छुट्याइएको छ । कात्तिक १८ देखि २४ गतेसम्म दाबी विरोध गर्नछन् । यसमा २५ कात्तिकदेखि १ मंसिरसम्म आयोगले छानविन गर्नेछ र मंसिर २ गते हटाइएका उम्मेदवारहरुको सूचना प्रकाशति गर्नेछ ।

मंसिर २ गतेसम्म अहिले पेश गरेका नाममा कसैले ढुक्क हुन सक्ने अवस्था छैन । कतिपयले त यो सूचीलाई नक्कली समेत भनेका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]