Dabali News

Ad

माकेका मन्त्रीलाई हट्‍न प्रधानमन्त्रीले तोके समय सीमा, ४८ घण्टामा नहटे बिना विभागमा थन्‍काउने

२९ असोज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीलाई आफै हट्न समय सीमा नै तोकेका छन् । उक्त समयभित्र पनि नहटे विना विभागीय बनाई दिने चेतावनी समेत प्रधानमन्त्री देउवाले दिएका छन् ।

माओवादी केन्द्रको तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई बोलाएर सरकारबाट हट्न प्रधानमन्त्रीले दवाव दिएका छन् ।

बालुवाटार स्रोतका अनुसार औपचारिक जानकारी गराएको दुई दिनभित्र माओवादी केन्द्रका मन्त्रीले मन्त्रालय नछोडे विना विभागीय बनाएर राख्ने तयारी प्रधानमन्त्रीले गरेका छन् ।

“अबको दुई दिनमा माओवादी मन्त्रीहरुले मन्त्रालय नछोडे प्रधानमन्त्रीज्यूले कार्यविभाजन गर्नुहुन्छ,नयाँ मन्त्रीहरुलाई जिम्मेवारी दिएर माओवादी मन्त्रीहरुलाई विना विभागमा राख्नुहुन्छ” प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो । राजनीतिक गर्ने व्यक्तिलाई किन डिर्मोलाइज गर्ने भनेर नै प्रधानमन्त्रीले समय सीमा तोकेको स्रोतको भनाई छ ।

शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बालुवाटारमा भएको भेटवार्तामा पनि प्रधानमन्त्री देउवाले सरकारबाट हट्न आग्रह गरेका थिए तर प्रचण्डले समर्थन फिर्ता पनि नलिने र सरकारबाट पनि नहट्ने पार्टील निर्णय गरेको जानकारी गराएका थिए ।

निर्वाचन आचारसंहिता विपरित नयाँ मन्त्रीहरु नियुक्तले राष्ट्रपतिले शपथ नखुवाउन माओवादी केन्द्रले दवाव दिँदै आएको थियो । तर, निर्वाचन आयोगले नै सरकार विस्तारले प्रतिकुल असर नपर्ने भनेपछि राष्ट्रपति शपथ खुवाउन बाध्य भएकी थिइन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]