Dabali News

Ad

बर्खास्त गरेपनि मन्त्रालय नछोड्ने माकेको निर्णय

२८ असोज

काठमाडौं । माओवादी केन्द्रले सरकार नछोड्ने निर्णयमा पुगेको छ । प्रधानमन्त्रीले राप्रपाका मन्त्रीलाई नियुक्त गरेसँगै माकेका मन्त्रीहरुले सरकारबाट फिर्ता हुने चर्चा चलेको थियो ।

माओवादी केन्द्रले नवनियुक्त मन्त्रीहरु निर्वाचन आचारसंहिता विपरित भएको भन्दै निर्णय सच्चाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्ने भएको छ ।

माके नेता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्रीले बर्खास्त गरेपनि माकेका मन्त्रीहरुले मन्त्रालय नछोड्ने भएका छन् । काम चलाउ सरकारले बर्खास्त गर्न नमिल्ने माओवादी केन्द्रको दाबी छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका गृहमन्‍त्री प्रभाकरले नयाँ नियुक्त गरेका सबै मन्त्रीहरु विना विभागीय हुने र अाफूहरुले मन्त्रालय नछोड्ने बताए । उनले नेताहरुसँगको छलफलमा प्रधानमन्त्री देउवाले अाचारसंहिता विपरित मन्त्रिमण्डल विस्तार गरेकाले अाफूहरुले मन्त्रालय नछोड्ने बताए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]