Dabali News

Ad

कविताः हाँक म दिँदै छु 

तिम्रो विचारलाई

चुनौतिपूर्ण हाँक म दिन्छु

प्राज्ञ कमरेड !

माक्र्सवादीले  त ?

प्रतिभालाई जगाउँने हैन र ?

तिमीलाई प्राज्ञभएको घमण्ड

तिमीनै प्राज्ञ हौं, हामीलाई चाहिन्न

तिम्रो मन भित्रको

वर्ग अझै फुकेको रहेनछ

जुनियर कहाँ जानुहुन्न

म विशाल सिनियर

थुप्रै थुप्रै विज्ञभन्दा

तिमी महान्

भन कमरेड !

तिम्रो समनता खोइ ?

अलमल अलमलको

खोपीमा थुन्छौँ कतिदिन सम्म

कमरेड !

म अझै सानु छ र

काव्य–प्रवाहमा दगुरिरहेछु

तिम्रा भावहरूले

ममाथि नराम्रो नङग्रा गाडे

चरर चरर !

अरलिका काँडालेझैँ कोतरेर

गाउँले हूँ गाउँले

धर्गेनी घारीमा

जन्मिएको हूँ

लाग्थ्यो मलाई

शहरमा कामरेड भेट्टाईँ

तिम्रो वचनले

म फर्किएँ

प्राज्ञ कमरेड

मेरा ढाँडहरूमा

फुलेका घाँसहरूनै प्यारो छ

तिमीलाई हाँक  अझै छ

मेरो काव्य–प्रवाह रोकिने छैन

लेख्दै ,पढ्दै र सुनाउँदै

प्राज्ञ भवनका भन्दा

सुन्दर सुन्दर कविहरू जन्माउने छु

जातीय र सिनियरका

संघारभित्र म पस्न सक्दिन

कामरेड !

मलाई दलित ठान्यौं र

काव्यिक यात्रामा छिटा हान्यौं

कामरेडले,कमरेडलाई

बुटले कुल्चियौं वा !

रातो कागले समाचार  सुनाइरह्यो

मेरो धुरीमा बसेर

काव्यिक प्रसादहरूमा

अछुतो ठानेर हेला गर्‍यौ

आफ्ना बौलट्ठी भनाइहरू

मेरो हृदयमा बजारीरह्यौ

काव्यिक मूल्यहरूमाथि

तँ निचहोस् तँ हिँड्नुहुन्न भन्यौ

तर

म सुइँकुच्चा ठोकेर भाग्ने छैन

प्रिय कमरेड !

शिरू र काँसहरूले

मलाई राम्रै पढेकाछन्

जीवनका यात्राहरूमा ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]