Dabali News

Ad

बाबुरामको ‘आकस्मिकता र आवश्यकता’ १० दिनमै सकियो, एक्लै चुनावमा लड्‍ने

२७ असोज

काठमाडौं । इतिहासको आवश्यकता र आकस्किताका कारण वाम गठबन्धन तयार भएको भन्दै कम्युनिस्ट बनेका फेरि आफ्नै बाटोमा फर्केका छन् ।

सिटमा सहमति नजुटेपछि नेकपा एमाले, माओवादी केन्द्रको गठबन्धनबाट नयाँ शक्ति बाहिरिएको छ । शुक्रबार नयाँ शक्तिले आँखा लिएर निर्वाचन लड्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रले गोरखा क्षेत्र नम्बर २ बाबुरामलाई छोड्न तयार नभएपछि विवाद उत्पन्न भएको थियो । कम्युनिष्ट विचार पुरानो भइसकेको भन्दै नयाँ शक्ति निर्माण गरेका बाबुराम एमाले एमालेको चुनाव चिन्हमा चुनावी मैदानमा जाने सहमति गरेका थिए ।

एमाले र माके बाबुरामले मागेजति सिट दिन तयार नभएपछि आफ्नै चुनाव चिन्ह लिएर चुनावी मैदानमा जाने निर्णय गरेका छन् । साथै बाबुरामले भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाटै चुनाव लड्ने भएका छन् ।

शुक्रबार बसेको बैठकले उम्मेदवारहरू समेत घोषणा गरेको छ । संयोजक बाबुराम भट्टराई गोरखा २, कैलाली ३ मा कृष्णकुमार चौधरी, कपिलबस्तु १ मा दानबहादुर चौधरी, रसुवामा प्रेम तामाङ र खोटाङमा मदन राईलाई उम्मेदार घोषणा गरेको छ ।

राष्ट्रिय सभागृहमा भएको घोषणा सभामा बोल्दै नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले अावश्यकता र अाकस्मिकताले वाम शक्ति एक ठाउँमा अाएको बताएका थिए तर १० दिन वित्न नपाउँदै उनको भनाईले हावा खाएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]