Dabali News

Ad

१५ सीट नपाए वाम गठबन्धन छोड्ने बाबुरामको चेतावनी

२६ असोज

काठमाडौँ । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफूले मागेको सीट संख्या नदिए वाम गठबन्धन छोड्ने चेतावनी दिएका छन् ।

बुधबार एमालेसँग भएको छलफलबाट निरास भएर फर्किएपछि बाबुरामले गठबन्धन चेतावनी दिएका हुन् । भट्टरालाईले टिकट बाँडफाँडमा आफ्नो पार्टीलाई सम्मान नगरिएको बताएका छन् ।

एमाले र माओवादी केन्द्र नयाँ शक्तिलाई ५ सीट दिन तयार रहेपनि बाबुरामले १५ दाबी गरिरहेका छन् । भट्टराईले आफ्नो पार्टी एक्लै लडेपनि २० सीट जित्ने बताउँदै गठबन्धनका कारण आफू तल झरेको बताउँदै आएका छन् ।

नयाँ शक्तिलाई १५ सीट नदिए गठबन्धनबाटै बाहिरिनु पर्ने आफू निकटका नेतासँग भट्टराईले छलफल सुरु गरेको बताइएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]