Dabali News

Ad

गृहमन्त्रीले राजिनामा दिनुपर्छः जबरा

२६ असोज

भक्तपुर । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमेशर जबराले गृहमन्त्री प्रभाकरले तत्‍काल राजिनामा दिनु पर्ने बताए । उपत्यकाभित्रै निर्माण ब्यवसायी महासंघका अध्यक्ष गौचनको सुरक्षा गर्न नसकेकाले गृहमन्त्रीले नैतिकताका अाधारमा राजिनामा दिनु पर्ने बताएका हुन् ।

रफत सञ्चार क्लबको कार्यक्रममा बोल्दै जबराले माओवादी केन्द्रले सरकार पनि सामेल हुने र प्रतिपक्षसँग समेत गठबन्धन गरि सरकारमै बसिराख्‍नु राजनैतिक बेइमानी भएको भन्दै तत्काल नैतिकताको आधारमा सरकार छाड्नु पर्ने बताए ।

अध्यक्ष जबराले वाम गठबन्धन र प्रजातान्त्रिक शक्तिबीचको सामिप्यता संविधान जारी पश्चात आवश्यकता रहेको र यो देशको हितानुकुल भएको भन्दै अबको निर्वाचनमा प्रजातान्त्रिक शक्तिको बिजय निश्चित रहेको बताए ।

सरकार लामो समयसम्म टिक्न नसक्ने र त्यसले देशमा अस्थिरता बढाउँदै लगेकोमा गठबन्धनले त्यसको अन्त्य गर्दे स्थिर सरकार र दिगो बिकासमा टेवा पुग्ने जबराको तर्क थियो । राष्ट्रवादी र राप्रपा प्रजातान्त्रिक पार्टीबीच केही दिनमै पार्टी एकता हुने जबराले जानकारी दिए ।

नेपालमा पछिल्लो समय वैदेशिक हस्तक्षेप बढेको बताउँदै जबराले नेपालका राजनीतिक दलहरुका नेताहरु जिम्मेवार रहेको समेत बताए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]