Dabali News

Ad

वैद्य माओवादीमा विवादः नेताहरु चुनावको पक्षमा, कार्यकर्ताहरु सशक्त बहिस्कारको

२६ असोज

पोखरा । नेकपा (क्रान्तिकारी माओवादी) जारी राष्ट्रिय सम्मेलनमा चुनावमा भाग लिने विषयमा विवाद उत्पन्न भएको छ । सम्मेलनमा सहभागी अधिकांश प्रतिनिधिहरु चुनाव सश‍क्त बहिस्कार पक्षमा उभिएका छन् ।

देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेललगायतका नेताहरु चुनाव प्रयोगको पक्षमा देखिएका छन् भने अध्यक्ष मोहन वैद्य ‘किरण’ बहिस्कार पक्षमा । चुनाव उपयोग गर्ने प्रस्ताव बन्दसत्रमा पेश भएपछि प्रतिनिधिहरुले त्यसलाई बहिस्कार गरेका थिए ।
बुधबार बन्दसत्र स्थगित भएको थियो ।

मा चुनावमा जाने कि नजाने भन्ने विषयमा मतभेद भएको छ । यस विषयमा मत बाझिएपछि पोखरामा आयोजित राष्ट्रिय सम्मेलन लम्बिएको छ ।

संघीय र प्रदेश सभा निर्वाचनको उपयोग गर्ने या वहिस्कार गर्ने या निर्वाचनको उपयोग गरे कसरी सहभागी हुने भन्ने विषयमा नेताहरुबीच कुरा मिलेकोे छैन ।

त्यसैगरी बन्दसत्रमा अर्का नेता रामसिंह श्रीसले राखेको फरक मत पनि हलबाटै बहिस्कृत भएको छ । श्रीसले माओवादी र जनयुद्धलाई मान्न नसकिने भन्दै फरक दस्तावेज पेश गरेका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]