Dabali News

Ad

मजदूर मारा क्यासिनो मालिकले पार्टीको नाम जोड्नु षड्‍यन्त्र – विप्लव (विज्ञप्तिसहित)

२५ असोज

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले साङ्ग्रीला होटेलका क्यासिनो मालिक राजेन्द्र बजगाइले आफ्नो पार्टी र प्रवक्ता प्रकाण्डविरुद्ध षड्यन्त्र गरेको भन्दै आपत्ति जनाएका छन् ।

महासचिव विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै भने, “शरदकुमार गौचनको हत्यालाई मुखौंटो बनाएर आजै मात्र नागरिक दैनिकमा साङ्ग्रीला होटेलका क्यासिनो मालिक राजेन्द्र बजगाइले हाम्रो पार्टी र पार्टीका प्रवक्ता कमरेड प्रकाण्डसँग भेट्न नमानेपछि क्यासिनोमा बम राखिदिएको बताउँदै ज्यान सुरक्षाको लागि राष्ट्रिय मानव अधिकार आयोगमा आवेदन दिएको समाचारले हामीलाई गम्भीर बनाएको छ ।”

विप्लवले आफ्नो पार्टीविरुद्ध बजगाईले पार्टी र प्रवक्ताको नाम जोड्नु गम्भीर षड्यन्त्र रहेको बताउँदै उक्त प्रचारको खारेज गरेका छन् ।
साथै विज्ञप्तिमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याले सर्वसाधारण नागरिकलाई भयभित बनाएको बताएका छन् । उनले हत्यारालाई कारवाही गर्न माग समेत गरका छन् ।

“नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको काठमाडौंको केन्द्र बानेश्वरमा गोली हानी गरिएको हत्या गम्भीर प्रकृतिको घटना रहेकोछ । यो घटनाले राज्यभित्र नागरिहरूको सुरक्षाको अवस्था कति भयावह छ भन्ने सावित गर्दछ” विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिको पूर्णपाठः

२०७४ असोज २३ गते नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष श्री शरदकुमार गौचनको काठमाडौंको केन्द्र बानेश्वरमा गोली हानी गरिएको हत्या गम्भीर प्रकृतिको घटना रहेकोछ । यो घटनाले राज्यभित्र नागरिहरूको सुरक्षाको अवस्था कति भयावह छ भन्ने सावित गर्दछ । उच्चस्तरका व्यवसायीको अवस्था यस्तो छ भने साधारण नागरिकको अवस्था कति अस्तव्यस्त होला सहजै अनुमान गर्न सकिन्छ । राज्यको जिम्मा लिएका व्यक्तिहरू देश लुट्ने भ्रष्टचार, देश बेच्ने राष्ट्रघात, जनताको दमन गर्ने जनघात र जनताको जीवनप्रति खेलवाड गर्ने कार्यमा लिप्त हुनुका कारण जिम्मेबार नागरिकहरूले यो दुःखद घटनाहरू बेहोर्नु परेको हो ।

हाम्रो देशमा संसदीय व्यवस्था असफल छ साथै सुरक्षा र शान्तिकालागि वैज्ञानिक समाजवाद आवश्यक छ भन्ने हाम्रो पार्टीको निस्कर्ष सही सावित हुँदै गएको छ । घटनाप्रति दुःख व्यक्त गर्दै गोली काण्डका अपराधीहरूलाई कार्यवाही गर्न र परिवारलाई क्षतिपूर्ति दिन आग्रह गछौं साथै यस दुःखद घडिमा शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।

एउटा विडम्वना श्री शरदकुमार गौचनको हत्यालाई मुखौंटो बनाएर आजै मात्र नागरिक दैनिकमा साङ्ग्रीला होटेलका क्यासिनो मालिक राजेन्द्र बजगाइले हाम्रो पार्टी र पार्टीका प्रवक्ता कमरेड प्रकाण्डसँग भेट्न नमानेपछि क्यासिनोमा बम राखिदिएको बताउँदै ज्यान सुरक्षाको लागि राष्ट्रिय मानव अधिकार आयोगमा आवेदन दिएको समाचारले हामीलाई गम्भीर बनाएको छ । केही समय देखि हाम्रो पार्टी विरुद्ध अनेकौं षड्यन्त्र भएको स्थितिमा मजदूर मारा क्यासिनो मालिकले पार्टी प्रवक्ताको नाम जोड्नु गम्भीर षड्यन्त्र रहेको स्पष्ट गर्दै उक्त प्रचारको पनि हामी खारेज गर्न चाहन्छौं ।

२५ असोज, २०७४
विप्लव
महासचिव
नेपाल कम्युनिस्ट पार्टी

 

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]