Dabali News

Ad

डोटीमा नेकपाको स्कूलिङ र जनश्रम

२५ असोज

दिपायल । नेपाल कम्युनिस्ट पार्टी डोटीले चार दिने स्कूलिङ कार्यक्रम सम्पन्न गरेको छ ।

पार्टीको तीन महिने ‘संगठन सुदृढिकरण तथा प्रतिरोध’ अभियान अन्तरगत स्कूलिङ कार्यक्रम संचलान गरेको जिल्ला इन्चार्ज शेरबहादुर देउवा ‘शिखर’ जानकारी दिए । तीन दिने पूर्ण स्कूलिङ र एक दिन जनश्रम गरिएको शिखरले बताए ।

डोटीको जोरायल नगरपालिका–१ स्थित सानीगाउँमा सम्पन्न कार्यक्रममा २५ जना जिल्ला अगुवा नेता–कार्यकर्ता सहभागी थिए । दर्शन, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद र पार्टीका कार्यनीति एकीकृत जनक्रान्तिबारे स्कूलिङ दिइएको थियो ।

सेती ब्यूरो कार्यालय सचिव डबलबहादुर शाह, अछाम जिल्ला इन्चार्ज शेरबहादुर बिक ‘दर्शन’, पूर्वजिल्ला इन्चार्ज तथा ब्यूरो सदस्य विवेक, जिल्ला इन्चार्ज शिखरले प्रशिक्षण दिएका थिए ।

स्कूलिङ कार्यक्रम जिल्ला सेक्रेटरी ध्रुबको अध्यक्षमा र विवेको प्रमुख अातिथ्यतामा सम्पन्न भएको थियो ।

पार्टीको केन्द्रीय नीतिअनुसार स्कूलिङमा सहभागी सबै नेता–कार्यकर्ताहरुले सगरमाथा स्वस्थ आमा समूहको भवन निर्माणमा एक दिन जनश्रम गरेका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]