Dabali News

Ad

किम जोङले पावर देखाए, हत्या गर्ने योजना कम्युटरबाटै कब्जा, ट्रम्पले जिल खाए

२५ असोज

काठमाडौँ । उत्तर कोरियाका ह्याकरहरुले आफ्ना सर्वोच्च नेता किम जोङ उनको हत्या योजना कम्युटर ह्‍याक गरेर कब्जा गरेका छन् ।

ह्याकरहरुले अति गोप्य उक्त योजना कब्जा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा बनेको हत्या योजना विफल भएको छ ।

बीबीसीका अनुसार दक्षिण कोरियाका सांसद री शियोलले उनलाई मार्ने योजना कब्जा  गरेको बताए । उत्तर कोरियाका ह्‍याकहरुले सैन्य दस्तावेज ह्‍याक गरेर चोरेको दक्षिणको रक्षा मन्त्रालयले बताएको छ । सो योजनाभित्रै दक्षिण कोरिया र अमेरिकाको साझा युद्ध नीति रहेको छ ।

ह्याक गरिएको उक्त दस्तावेजमा अमेरिकी तथा दक्षिण कोरियाको सैन्य कमाण्डरसँग जोडिएको गोप्य जानकारी समेत रहेको छ । त्यतिमात्रै नभएर अहिलेसम्म दक्षिण कोरियाले अमेरिकासँग गरेको सैन्य युद्ध अभ्यास र उसको आगामी नीति समेत दस्तावेजमा समेटिकए छ ।

चोरिएको उक्त डाटा २३५ जीबी रहेको छ । जसमा दक्षिण कोरियाको विशेष सैन्य दस्तावेज, पावर प्लान्ट तथा वृहत सैन्य ठेगाना बारेमा जानकारी दिइएको सासंद रीले दाबी गरेका छन् ।

यस्तै सैन्य डिफेन्स इन्टिग्रेटेडबाट चोरिउको उक्त डाटामा ८० प्रतिशत जानकारीको पहिचान हुन नसकेको बताइएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]