Dabali News

Ad

नेकपाका दुई नेता रिहा, कारागार परिसरबाटै यस्तो चेतावनी

२४ असोज

सुनसरी । नेपाल कम्युनिस्ट पार्टीका दुई स्थानीय नेता रिहा भएका छन् । नेकपाका सुनसरी जिल्ला सदस्य सिंहबहादुर तामाङ र रमेश न्यौपाने मंगलबार रिहा भएका हुन् ।

यही असोज ९ गते तमाङलाई न्यौपानेलाई १८ गते प्रहरीले गिरफ्तार गरेको थियो । असोज ७ गते अनाधिकृत रुपमा नेपालमा प्रवेश गरेको भारतीय सरकारी गाडी तोडफोड गरेको आरोपमा प्रहरीले उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

मंगलबार धरौटीमा रिहा भएका दुई नेताको सम्मानमा नेकपा सुनसरीले कारागार परिसरमै कोणसभाको आयोजना गरेको छ । सभालाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी पवनले राज्यले आफ्ना नेता–कार्यकर्तालाई झुटा मुद्दा लगाएर फसलाउने षड्यन्त्र गरेको बताए । उनले निर्दोषहरुलाई झुटा मुद्दा लगाएर प्रहरी प्रशासनले दलाल र तस्करलाई संरक्षण गरेको बताए ।

सुनसरीको झुम्कास्थित कारागार परिसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सेक्रेटरी पवनले आफ्नो पार्टीले दलाल र तस्करलाई जनकारीलाई तीब्र पार्ने चेतावनी समेत दिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]