Dabali News

Ad

नेकपाको निर्णयः चुनाव खारेज गर्ने, क्रान्तिकारी ध्रुविकरण गर्ने

२४ असोज

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले आगामी संघ र प्रदेशको चुनाव खारेज गर्ने निर्णय गरेको छ ।

दुई दिनसम्म पोखरामा बसेमा सम्पन्‍न  पाँचौं पूर्ण बैठकले वर्तमान राजनीतिक परिस्थितिको समिक्षा गर्दै क्रान्तिकारीहरुका बीचको ध्रुवीकरण र संसदीय व्यस्थाद्वारा घोषित चुनाव खारेज गर्ने निर्णय लिएको छ ।

त्यसैगरी बैठकले क्रान्तिकारीका बीच ध्रुवीकरण अपरिहार्य आवश्यकताको ठहर गर्दै क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वमा रहेको नेकपामा मात्र नभएर माओवादी केन्द्र र एमाले भित्रका सच्चा क्रान्तिकारीहरुका बीचमा पनि ध्रुवीकरण गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टी महासचिव विप्लवले प्रस्तुत गरेको ‘संसदीय चुनाव खारेज गरौं, क्रान्तिकारी ध्रुविकरणलाई तीब्र पारौं’ शिर्षकको ८ पृष्ठ लामो राजनीतिक प्रस्ताव पारित गरेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]