Dabali News

Ad

क्यालिफोर्नियाको वाइन बनाउने जंगलमा लागेको आगो नियन्त्रण बाहिर, १० जनाको मृत्यु

२४ असोज

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाको जंगलमा लागेको आगो नियन्त्रणभन्दा बाहिर गएको छ । आगोमा परी दश जनाको मृत्यु भइसकेको छ भने दर्जनौँ घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाका छन् ।

डँढेलोसँगै तीब्र गतिमा आएको हावाको बेगका कारण आगो नजिकैको बस्तीसम्म फैलिएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
वाइन बनाउन प्रयोग गरिएको क्षेत्रको छेउमा रहेको जंगलमा आगलागीपछी थुप्रै मानिस सम्पर्कविहीन भएका छन् ।

डँढेलो फैलिएपछी जंगल आसपासको क्षेक नापा, सोनोमा र युवाका २० हजार मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

डँढेलोबाट थुप्रैं घर जलेर ध्वस्त भएका छन् । घरमा फसेका थुप्रैलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।

आगो नियन्त्रणका लागि सयौंको संख्यामा अग्नी नियन्त्रक परिचालन गरिएको छ भने हेलिकप्टर र दमकलले पानी हालिरहेका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]