Dabali News

Ad

न्यूरोडमा गरिमा विकास बैंकको ४८ औं शाखा स्थापन

२४ असोज

काठमाडौँ । गरिमा विसका बैंकले न्यूरोडमा शाखा विस्तार गरेको छ ।

काठमाण्डौंको लाजिम्पाटमा मुख्यकार्यालय स्थानान्तरण गरेको गरिमाविकास बैंकले सोमबार ४८ औं शाखाको रुपमा न्यूरोडमा नयाँ शाखा विस्तार गरेको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उक्त शाखाको उद्घाटन गरेका थिए । बैंकका अध्यक्ष चन्द्रकान्त बराल तथा प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालको उपस्थिति थियो ।

बिस्तारित शाखाबाट लकर सुविधा तथा एटीएमका साथै सबै किसिमका बैंकिङ सुविधा पाउने बैंकले जनाएको छ ।

राष्ट्रियस्तरको बैंकले म्याग्दीको बेनीमा केन्द्रिय कार्यालय रहेको निलगिरी विकास बैंक र चितवनको सुभेच्छा विकास बैंकलाई आफुमा गाभिसकेको छ ।

गरिमाले राजधानीमा पाँच शाखासहित देशभर ४८ शाखातथा १२ एटीएम बुथबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । शाखा विस्तारकै क्रममा रुपन्देहीको मणिग्राममा ४९ औं शाखा बिस्तार अन्तिम तयारीमा जुटेको बैंकले जनाएका छ ।

त्यसैगरी प्रदेश नम्बर एकमा १० वटा शाखा सञ्चालनमा ल्याउने तयारी भइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले जानकारी दिए ।

चालु आर्थिक वर्षको असोज २२ गतेसम्ममा बैंकले १५ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ९० करोड रुपैंया कर्जा प्रवाह गरेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]