Dabali News

Ad

प्रिन्सिपलले गरे बोर्डिङ स्कूलमै झुन्डिएर अात्महत्या

२२ असोज

तनहुँ । जिल्लामा एक नीजि स्कूलका प्रिन्सिपलले झुण्डिएर अात्महत्या गरेका छन् ।

तनहूँको व्यास नगरपालिका वडा नम्बर ५ चापाघाटस्थित शान्तिवर्ष बोडिङ स्कूलका प्रिन्सिपल ठाकुरप्रसाद कैनीले स्कूल परिसरमा रहेको कटहरको रुखमा शनिबार झुण्डिएको अवस्थामा भेटिएका थिए  ।

घाटीमा डोरी लगाएर झुण्डिएको अवस्थामा भेटिएका कैनीले आत्महत्या गरेको हुन सक्ने प्रहरी र प्रत्यक्षदर्शीहरुको भनाई रहेको छ ।
यस विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अनुसन्धानमा खटिएको प्रहरी टोलीले विद्यालय परिसरमा कैनी बस्ने कोठाबाट कैनीले लेखेकोे नोट समेत बरामद गरेको छ । उक्त नोटमा आर्थिक लेनदेनको विषय उल्लेख गरेको बुझिएको छ । साँझपख कैनी रुखमा झुण्डिएको अवस्थामा देखेपछि प्रहरी र स्थानीय बासिन्दालाई खबर गरिएको थियो ।

जानकारी पाउने बित्तिकै प्रहरी घटना स्थल पुगरे अनुसन्धन गरेको थियो । कैनीको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा लगिएको छ । व्यास ११ रानीगाउँ स्थायी घर भएका कैनी विद्यालय परिसरमा नै बस्दै आएका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]