Dabali News

Ad

विखण्डनको विपक्षमा बार्सिलोनामै विशाल प्रर्दशन

२३ असोज

काठमाडौँ । विखण्डनको विपक्षमा क्याटालोनियाकै राजधानी बार्सिलोनामा विशाल प्रर्दशन भएको छ । स्पेनसँग अलग हुने भन्दै क्याटालोनियामा एक हप्ताअघि जनमतसंग्रह भएको थियो ।

स्पेनको संवैधानिक अदालतले उक्त जनमतसंग्रहलाई अवैध भनेपछि क्याटालोनिया र स्पेनको केन्द्र सरकारबिचको तनाव उत्कर्षमा पुगेको छ । क्याटालोनियाको स्वतन्त्रताको विपक्षमा बार्सिलोनामा प्रदर्शन भएको हो ।

लगातार प्रर्दशन भइरहेका छन् तर आइतबार तीन लाख ५० हजार भन्दा धेरै मानिसहरु सडकमा निस्केर एकताको पक्षमा नारा लगाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

प्रर्दशनकारीहरुले ‘टुक्यादर वी आर स्ट्रोङ्गर’ अर्थात साथसाथै हामी बलियो छौं भन्ने नारा लगाएका थिए । क्याटालोनियामा एकताको पक्षमा भएको यो अहिलेसम्मकै ठूलो प्रर्दशन हो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]