Dabali News

Ad

तस्कारीमा कडाई भएपछि सुन आयात ५० प्रतिशत बढ्‍यो

२३ असोज

काठमाडौं । तस्कारीमा कडाई र झिटीगन्टा हटाएपछि सुन आयतमा बृद्धि भएको छ । पछिल्ला ७७ दिनमा एक हजार पाँच सय ५० किलो सुन वैधानिक बाटोबाट भित्रिएको छ ।

सरकारले झिटीगुन्टा अन्तर्गत सुन ल्याउन पाउने व्यवस्था हटाएपछि बैंकबाट सुन आयात ह्वात्तै बढेको छ ।

चालु आर्थिक वर्ष सुरु भएको ७७ दिनमा बैंकहरुले एक हजार पाँच सय ५० किलो सुन आयात गरेका छन् । यो अघिल्लो आवको तुलनामा ५० प्रतिशतभन्दा बढी हो ।

गत वर्ष यही अवधिमा एक हजार किलो सुन आयात भएको थियो । सरकारले सुन आयात गर्न २० वाणिज्य बैंकलाई अनुमति दिएको छ ।

सरकारले पहिले वैदेशिक रोजगारीमा गएका र विदेशमा बस्ने नेपाली स्वदेश फर्किदा ५० ग्रामसम्म सुन ल्याउन छुट दिएको थियो । चालु आवदेखि यो व्यवस्था पूर्ण रुपमा हटाएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]