Dabali News

Ad

सर्वोच्च अदालत फेरिपनि भ्रष्टाचारीकै पक्षमा, खड्कालाई नहटाउन आदेश

२२ असोज

काठमाडौं । सर्वोच्च अदालतले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पदबाट नहटाउन अदालतले आदेश दिएको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले खड्कालाई पदबाट हटाउने सरकारको निर्णयलाई गैरकानुनी भन्दै निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो ।

पेट्रोलियम पदार्थ भण्डारस्थल बनाउनका लागि जग्गा किन्दा अनियमितता गरेको आरोपमा सरकारले खड्कालाई असोज २ गते पदबाट हटाएको थियो । त्यसको दुई दिनपछि खड्काले पुनर्वहालीको माग राखी सर्वोच्चमा रिट दायर गरेका थिए ।

सरकारले खड्कालाई स्पष्टिकरणसमेत नसोधी सिधै वर्खास्त गर्ने निर्णय गरेको थियो । खड्काले आफ्ना कुरा भन्ने मौकासमेत नदिई सरकारले वर्खास्त गरेको भन्दै पुनर्वहालीको माग राखेर रिट हालेका थिए ।

आफू चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त भएकाले २०७५ साल माघसम्म काम गर्न पाउने पर्ने खड्काको माग थियो ।
भ्रष्टाचारी टंकमणी शर्मालाई बचाएको सर्वोच्च अदालतले फेरि खड्कालाई पनि बचाउन लागेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]