Dabali News

Ad

कार दुर्घटनामा परी उपप्रधानमन्त्रीको मृत्यु 

२२ असोज

काठमाडौं । किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा परी शनिबार निधन भएको छ । एक राजमार्गमा गुडिरहेको उहाँको कार ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको किर्गिस्तानको सरकारी समाचार संस्थाले जनाएको छ ।

स्थानीय समयानुसार शनिबार विसकेक–कारा–बाल्टा राजमार्ग अन्तर्गत पर्ने साडोभोए गाउँमा दुर्घटना भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाका छन् । उपप्रधानमन्त्री झुमाकादिरोभ र उहाँको सहयोगी टोयटा ल्याण्डक्रुजरमा यात्रामा थिए । दुबै जनाको दुर्घटना स्थलमा मृत्यु भएको हो ।

गाडीका चालकलाई भने दुर्घटनापछि अस्पताल लगिएको थियो । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उपप्रधानमन्त्री झुमाकादिरोभ ३८ वर्षका थिए । उनी गत अगस्तमा मात्रै उपप्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]