Dabali News

Ad

यस्ता छन् फुटसल च्याम्पियनसिप खेल्ने नेपाली खेलाडी

२२ असोज

काठमाडौं । इरानमा हुन लागेको एएफसी फुटसल च्याम्पियनसिप छनोटका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

यही असोज २७ देखि कात्तिक ५ गतेसम्म हुन गइरहेको उक्त खेलको लागि शनिबार १४ जनाको टोली घोषणा भएको हो ।

जसमा अनिश श्रेष्ठ र सुमितकुमार आले गोलकिपरमा छानिएका छन् भने डिफेन्डरमा सौरभ रखालमगर, राज शाही र अमित तामाङ रहेका छन् ।

मिडफिल्डरमा अरुज सिंह, नविन लामा, विनोद गुरुङ, मणिकुमार राना र अभय राना रहेका छन् । त्यसैगरी, फरवार्डमा सुसान श्रेष्ठ, सन्जोग महर्जन, निर्मल गुरुङ र सुरज राउत छानिएका छन् ।

मुख्य प्रशिक्षक राकेश श्रेष्ठ रहेको नेपाली टिम असोज २६ गते इरान जाने प्रतियोगिताका ‘हेड अफ डेलिगेट्स’ तथा एन्फाका फुटसल संयोजक रमेश रायमाझीले जानकारी दिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]