Dabali News

Ad

विखण्डनविरुद्ध स्पेनी सडकमा

२२ असोज

काठमाडौँ ।  राष्ट्रिय एकताको आह्वान गर्दै हजारौं स्पेनी सडकमा निस्केका छन् । अलग हुन पाउनु पर्ने भन्दै गत आइतबार क्याटलोनियामा भएको जनमत संग्रहपछि हजारौं स्पेनी नागरिक राजधानी मड्रिडमा प्रदर्शनमा उत्रेका छन् ।

बीबीसीका अनुसार क्याटलोनियाकै बार्सिलोनामा भएका अन्य प्रदर्शनमा पनि राजनीतिक वार्ताका लागि आह्वान गरिएको छ ।

सेतो पहिरनमा उत्रिएका प्रदर्शनकारीहरुले ‘स्पेन उसका नेताहरुभन्दा राम्रो छ’ र ‘वार्ता गरौं’ भन्ने जस्ता नारा लेखिएका सामाग्री बोकेका थिए ।

मंगलबार क्याटलन संसदको बैठक बस्न लागेकाले विवाद जारी रहने ठानिएको छ । यसअघि सोमबारका लागि तय संसदको बैठक स्पेनी संवैधानिक अदालतले स्थगित गरिदिएको थियो ।

केन्द्रीय सरकारले क्याटलोनियालाई आफूबाट छुट्टिन नदिने बताएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabal[email protected]
[email protected]