Dabali News

Ad

अमेरिका २० वर्षपछि अाफै थाक्‍यो, सुडानमाथिको नाकावन्दी हट्‍यो 

२२ असोज

काठमाडौं । अमेरिकाले विना कारण सुडानमाथि लगाएको नाकाबन्द फिर्ता लिएको छ । विगत २० वर्षदेखि सुडानमाथि अमेरिकाले लगातार नाकाबन्दी गर्दै अाएको थियो ।

नाकाबन्दी फिर्तालाई इजिप्टले स्वागत गरेको छ । विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकी ट्रम्प प्रशासनद्वारा यसै हप्ताको शुरुमा गरेको उक्त निर्णयको प्रशंसा गरेको छ । इजिप्टले सुडानले मानव अधिकार तथा अन्य सम्बन्धित क्षेत्रमा पछिल्ला बर्षमा सुधार गर्दै आएको विज्ञप्तिमा भनिएको छ ।

वासिङ्टन लगायत कतिपय मुलुकले सुडानले आतङ्कवादलाई सघाएको आरोप लगाउँदै आएका थिए । यद्यपि यसमा पछिल्ला केही बर्षयता सुडानले आफूलाई लागेको आरोपलाई आलोचनामुक्त गर्ने दिशामा अग्रसर रहेको इजिप्टको दावी छ ।

यसअघि सुडानले आफ्नो देशमाथि अमेरिकाद्वारा लगाउदै आएको नाकावन्दी हटाउन लागेकोमा इजिप्टले विरोध जनाएको आरोप लगाएको थियो । तर इजिप्टले भने सो आरोपको खण्डन गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार सुडान र इजिप्टबीच सीमा विवादका अलावा सुडानले इथियोपियाको सरकारद्वारा नाइल नदीमा बाँध बाँधेर इजिप्टको पानीको महत्वपूर्ण हिस्सामा अवरोध गर्ने कदममा सहयोग गरेको भन्दै असन्तुष्टि रहँदै आएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]