Dabali News

Ad

उत्तर कोरियामाथि अमेरिकी साइबर हमला

२२ असोज

काठमाडौँ । अमेरिकाले उत्तर कोरियामाथि साइबार आक्रमणको प्रयास गरेको छ । अमेरिकी साइबर कमाण्डले उत्तर कोरियाको सैन्य गुप्तचर एजेन्सीलाई ह्याक गर्ने कोशीस गरिरहेको वासिङ्टन पोस्टले बताएको छ ।

रुसी कम्पनीले उत्तर कोरियालाई इन्टरनेट सेवा सुरु गरेसँगै अमेरिकाले सो आमक्रणको प्रयास गरेको हो । यसअघि चिनियाँ कम्पनीले मात्रै इन्टरनेट सेवा प्रदान गर्दै आएको थियो ।

रुसको दुरसञ्चार कम्पनि ‘ट्रान्स टेलिकम’ले उत्तर कोरियाका लागि यो सुविधा शुरु गरेको हो । साइबर सुरक्षा प्रदान गर्ने यो कम्पनिबारे फायर आइले यसको जानकारी दिएको हो ।

शनिबार अमेरिकी साइबर कमाण्डले गरेको आक्रमण प्रयास असफल भएको छ । उत्तर कोरियाली सरकारी संचारमाध्यमका अनुसार कुनै पनि साइट ह्याक भएको छैन ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]