Dabali News

Ad

पुष्प ब्यबसायीले गरे धोबीखोलाको सरसफाई

२१ असोज

काठमाडौं । फलोरिकल्चर एसोसिएसन नेपाल फयानको अगुवाईमा काठमाडौको रुद्रमति नदी (धोबीखोला)को सरसफाई भएको छ । आफैले लगाएको बोट विरुवा र फुलहरुको शनिबार विहान गोडमेल समेत गएिको छ ।

रजत महत्वसवको अबसरमा एशोसिएशनले स्थानीय रुद्रमति सरोकार समाज र वाताबरण संरक्षण अभियानको सहकार्यमा रुद्रमति नदीको रातो पुल, कालो पुल र सेतो पुल असपासमा फोहोर सरसफाई गरेको हो ।

धोबीखोला किनारमा लगाइएका बोट बिरुवाहरुलाई गोडमेल गरिएको थियो । अभियानमा स्थानीयको सहभागीता समेत रहेको थियो । दुई वर्षअघि फ्लोरिकल्चरले रातो पुलदेखि कालोपुलसम्म खोलाको किनारमा करिब एक हजार फूलका बोट लगाएको थियो ।

शनिबार सरसफाई गर्ने क्रममा ती फूल विरुवाको काँटछाँट गर्नुको साथै गोलमेड गरेको सरसफाइ अभियानका संयोजक विश्वमणी पोखरेलले बताए । संस्थाको रजत जयन्ती महोत्सवको अबसर पार्दै सामाजिक उतरदायित्व बोध गरी वातावरण संरक्षण गर्न विभिन्न संघसस्था संग सहकार्य गर्दै आएको बताउँदै फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले यस हप्ता रातो पुलका स्थानीय संघ संस्थासँग सहकार्य गर्दै बोट बिरुवाको गोडमेल र सरसफाइ गरिएको बताए ।

कार्यक्रममा काठमाडौ महानगर पालिका वडा नम्बर ३० का वडा अध्यक्ष्य दलबहादुर कार्कीले रुद्रमति खोलाको ऐतिहासिक महत्वलगायत विभिन्न जडिबुटिको स्मरण गराउँदै रुद्रमति खोलालाई पूरानै अवस्थामा फर्काउन आफु लागि पर्ने बताए ।

हप्ता कुनै न कुनै संघसस्थासंग सहकार्य गरेर नदि सरसफाईमा जुटेका रातोपुल निवासीलाई यस हप्ता फलोरिकल्चर एसोसिएसन नेपाल फयानले बोटबिरुवा गोडमेल र सरसफाइमा साथ दिएको हो ।

रुद्रमति सरसफाईमा स्थानिय टोलबासी राजनैतिक दलका कार्यकर्ता नेपाल सरकारका पूर्व मुख्य सचिव तथा चीनका लागि नेपाली राजदुत लिलामणि पौडेल, पूर्व डिआईजी विज्ञानराज शर्मालगायतको उपस्थिति रहेको थियो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]