Dabali News

Ad

भारतीय सेनाका ३७ लडाकु विमान र हेलिकोप्टर दुर्घटना, ९ जना पाइलटको मृत्यु

२० असोज

काठमाडौँ । भारतीय सेनाको हेलिकोप्टर दुर्घटना भएको छ ।

भारतको अरुणाचल प्रदेशमा वायुसेनाको हेलिकोप्टर दुर्घटना हुँदा पाँच सैनिकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक सैनिक घाइते भएका छन् ।

भारतीय संचारमाध्यमका अनुसार भारतीय वायु सेनाको एमआई–१७ भी ५ हेलिकोप्टर दुर्घटना भएको हो । दुर्घटनाको छानविनका लागि सेनाले आदेश दिएको छ ।

सेनाका लागि आवश्यक सामान लिएर गइरहेको अवस्थामा शुक्रबार बिहान तवाङ्ग क्षेत्र नजिकै दुर्घटना भएको थियो ।

भारतीय संचारमाध्यमका अनुसार पछिल्लो तीन वर्षयता भारतीय सेनाका ३७ ओटा अत्याधुनिक लडाकु विमान र हेलिकोप्टर दुर्घटना भइसकेका छन् ।

केही दिन पहिले राज्यमन्त्री डा. सुभाष भामरेले राज्यसभामा लिखित जवाफ पेस गर्दै २० जना सैनिक र ९ जना पाइलटको मृत्यु भएको बताएका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]