Dabali News

Ad

‘गोर्खे’मा यसरी रोए भंगेरी डन

काठमाडौं । सुरङ्गना फिल्म्सको ब्यानरमा बनेको चलचित्र ‘गोर्खेः कथा गोर्खेको’ को पहिलो गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतले बिशुद्ध गाउँको कथाब्यथा बोकेको छ । आर.सी. रिमालको स्वर, पटना राई र निम्रोत राईको संगीतमा रहेको गीतमा निम्रोत राईको शब्दरचना रहेको छ । गीतमा शाह शाक्यको एरेन्जमेन्ट रहेको छ ।

गीतमा ‘भंगेरी डन’को रुपमा परिचित ए गुरुङलाई फिचरिङ गरिएको छ । छिट्टै नै प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई एस.पि. आचार्यले निर्देशन गरेका छन् । हरी लामाको लगानीमा बनेको चलचित्रको कथा नविन गुरुङले लेखेका हुन् भने पटकथा तथा संबाद राजु तामाङले तयार पारेको हुन् ।

क्राईसिस ज्याकको सिनेम्याटोग्राफीमा बनेको चलचित्रमा ए गुरुङको अलावा, बुद्ध तामाङ, मन तामाङ, भुवन तामाङ, चीजमाया घले, बुलेट तामाङ, ज्योती योञ्जन लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]