Dabali News

Ad

चुनाव खर्च जुटाउन शिक्षामन्त्रीको निर्णय, सीटीईभीटीमा खैलाबैला

२० असोज

काठमाडौँ । शिक्षामन्त्री गोपालमान श्रेष्ठले प्रक्रिया पूरा नगरेका र पूर्वाधार नभएका कलेजहरुलाई सम्बन्धन दिएका छन् ।

शैक्षिक सत्र सुरु भएको एक महिनापछि दुर्य दर्जन कलेजहरुलाई ५० भन्दा बढी विषयमा सम्बन्धन दिएका हुन् । अरु विषयका पढाई सुरु गरिसकेका कलेजहरुलाई नयाँ विषय पनि यसै वर्षबाट पढाउन पाउने गरी सम्बन्धन दिन लगाएका हुन् ।

प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद् (सीटीईभीटी) ले सम्बन्धन दिन आज (शुक्रबार) परिषद् बैठक बोलाएको छ । आफै अध्यक्ष भएको बैठक मन्त्रीकै ठाडो आदेशमा बस्न लागेको हो ।

पक्रिया पूरा भएका र पूर्वाधार बनेका कलेजहरुलाई शैक्षिक सत्र अगाडि नै सम्बन्धन दिन मिल्ने तर अहिले नमिल्ने भन्दै कर्मचारीले विरोध गर्दै आएका छन् । तर, मन्त्री श्रेष्ठले कसैको कुरा नसुनेर बैठक बोलाएका छन् ।

सीटीईभीटी कर्मचारी संगठनका अध्यक्ष नागेन्द्र श्रेष्ठले शैक्षिक सत्र सुरु भइसकेकाले सम्बन्धन दिन नमिल्ने बताए ।

मन्त्रीले चुनाव खर्च जुटाउन प्रक्रिया पूरा नगरेका र पूर्वाधार नभएका कलेजहरुलाई सम्बन्ध दिन लागेको कर्मचारीकै आरोप छ ।

सीटीईभीटीअन्तर्गतका कलेजमा भदौ १५ देखि नै पढाइ सुरु भइसकेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]