Dabali News

Ad

पर्यटनमन्त्रीलाई २४ घन्टे स्पष्टिकरण, डा. पोखरेललाई जिल्ला छोड्‍न निर्देशन

१९ असोज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवलाई निर्वाचन आयोगले २४ घन्टे स्पस्टिकरण सोधेको छ । विहीबार बसेको आयोगको बैठकले मन्त्रीले देवलाई आफै आयोगमा उपस्थित हुन भनेको छ ।

निर्वाचन आचारसंहिताविपरित नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई सरुवा गरेको भन्दै मन्त्री देवलाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । मधेसी जनअधिकार फोरम लोकतान्त्रिको तर्फबाट पर्यटन मन्त्री भएको देवले स्वेच्छाचारी र बदनीयत ढंगले महानिर्देशक गौतमलाई सरुवा गरेको आयोगले बताएको छ ।

यसैगरी, निर्वाचन आयोगले पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेललाई प्यूठान जिल्ला छाड्न निर्देशन दिएको छ ।

डा. पोखरेल प्यूठानस्थित नेपाली कांग्रेसको पार्टी कार्यक्रममा सहभागी भएको भन्दै आयोगले यस्तो निर्देशन दिनुका साथै २४ घन्टे स्पष्टीकरणसमेत सोधेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्राधिकरणका प्रमुख पोखरेल प्यूठानबाट निर्वाचन लड्ने तयारी गरिरहेका छन् । प्युठान कांग्रेसले उम्मेदवारको लागि पोखरेलको नाम सिफारिस गरेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]