Dabali News

Ad

चीनले याङजी नदी फर्कायो, बेइजिङ हुँदै हेबेइको बीचमा कलकल

१९ असोज

काठमाडौँ । चीनले याङदी नदीलाई फर्काएको छ । करिब १० अर्ब क्युबिक मिटर पानीलाई आफू अनुकुल उपयोग गरिरहेको छ । दक्षिणतिर बगिरहेको उक्त नदीलाई उत्तरतिर फर्काएको छ ।

चिनियाँ संचारमाध्यमका अनुसार याङजी नदीको पानि बेइजिङ हुँदै तियानजिन, हेनानको प्रान्त र हेबेइको बीचैबीच भएर बग्ने बनाइएको छ । यस्तै पानीको निकासलाई पाइपको माध्यमबाट चीनका अन्य प्रान्तहरुमा समेत बाँडिएको छ ।

सन् २०१४ बाट सुरु भएको यो वृहत प्रोजेक्ट सन् २०१७ मा सार्वजनिक गरिएको छ । यो प्रोजेक्टले २ अर्ब ७ करोड क्युबिक पानीले ११ लाख मानिसलाई पानीको पहुँचमा सहजता प्रदान गरिरहेको छ । अहिले बेइजिङका करीब ७० प्रतिशत पानीको आपूर्ति यही प्रोजेक्टबाट भइरहेको छ ।

यसका साथै सहरमा पानीको स्रोतलाई व्यक्तिले करीब सयदेखि एक सय पचासको हाराहारीमा प्रत्येक दिन प्रयोग गर्ने मौका पाएका छन् । यसले त्यहाँको स्थानीयको आयआर्जनमा मात्रै नभएर सिंचाइमा प्रवर्द्धन, गुणस्तरीय खानेपानी, वातावरणीय चक्र र प्राकृतिक विपत्तीबाट जोगाउने गरेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]