Dabali News

Ad

एमाले-माओवादीबीच घोचपेच सुरुः माके एमालेमा विलय हुन आएको होः पोखरेल

१९ असोज

दाङ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको लागि ६ बुँदे सहमतिको मसी सुक्न नपाउँदै घोचपेच सुरु भएको छ ।

सहमतिमा दुबै पार्टीका नेताहरुले सार्वजनिक रुपमा एकअर्काविरुद्ध अभिव्यक्ति नदिने उल्लेख छ । तर, एमालेका एक जना वरिष्ठ नेताले माओवादी केन्द्र एमालेमा विजय हुन एकतामा आएको बताएका छन् ।

चुनावी अभियानको क्रममा गृहजिल्ला दाङ पुगेको नेता पोखरेलले माओवादी केन्द्रसँग अर्को विकल्प नभएकाले एमालेमा मिसिन आएको दाबी गरे ।

बुधवार दाङको घोराहीमा छलफल चौतारीले आयोजना गरेको एउटा कार्यक्रममा बोल्दै पोखरेलले माओवादी केन्द्र आफ्नो सैद्धान्तिक तथा वैचारीक र व्यवहारीक मोर्चामा असफल भएपछि एकता प्रक्रियामा सहमत भएको बताए ।

कार्यक्रममा नेता पोखरेलले जनताको बहुदलिय जनवादको धरातलमा नै माओवादी आन्दोलनको रुपान्तरण भएको भनाई राखे । उनले माओवादी केन्द्रको हैसियता ४० प्रतिशत नभएको तर एमालेले छाती ठूलो पारेर दिएको दाबी गरे ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]