Dabali News

Ad

एमाले, माके र नयाँ शक्तिको ६ बुँदे तमसुकको चिरफार

अप्रत्याशित रुपमा कथित वामपन्थी धुर्बिकरणकाे नाममा यहि असाेज १७ गते काठमाडौंकाे राष्ट्रिय सभागृहमा नेपाली राजनीतिकाे एउटा कलाबिहिन नाटक मञ्‍चन गरियो । नेपालको बाम राजनीतिभित्र घुसेका उत्तर, दक्षिण र पश्चिम अनुहारका पात्रहरुकाे जमघटमा चुनावी तालमेल हुँदै पार्टी एकतासम्मको यात्रा तय गर्ने भनि गरिएको ६ बुँदे तमसुकभित्रकाे उद्देश्य र रहस्य निम्न रहेका छन् ।

१. याे गठबन्धन नेपालमा एकीकृत जनक्रान्तिमार्फत देश वैज्ञानिक समाजवाद तर्फ अगाडि बढ्न थालेपछि यसलाई असफल पार्न र कथित कम्युनिस्ट एकता र धुर्विकरणकाे नाममा जनता र क्रान्तिकारीबीच भ्रम सिर्जना गर्न देशि-बिदेशी शक्तिको डिजाइनमा तयार पारिएको क्रान्ति बिराेधी हत्कण्डा हाे ।

२. याे गठबन्धन हामीले बिगतदेखि भन्दै अाएकाे र परिस्थितिले पनि धकेलेकाे सत्य के हाे भने एउटै देशमा समान कार्यदिशा र विचार भएका पार्टीहरु एउटै उद्देश्य र लयमा टिक्न सक्दैनन् र अन्ततः तिनिहरु एक अर्कामा बिलय हुन्छन्  । क्रान्ति छाेडी सकेपछि माअाेवादी केन्द्र र एमाले काे अबस्था पनि त्यस्तै हाे । बाबुराम प्रचण्डको बिलय एमालेमा हुनु थियाे, भयाे । याे स्वभाबिक पनि हाे ।

३. याे गठबन्धन देश र जनताको चाहना र अाबश्यकतामा भन्दा पनि यहिँ दलाल संसदीय ब्यवस्थाभित्र शक्ति जम्मा गर्ने र चुनाव जित्नेसँग मात्रै सिमित छ र त्याे कुरा कथित ६ बुँदेमा र केपी, पुष्पकमल र बाबुरामकाे भनाइमा पनि अभिब्यक्त भएको छ । यो एकता र गठबन्धन नेपाली श्रमजीवी जनताको लागि कागलाई बेल पाक्याे हर्ष न बिस्मात् जस्तै भएको छ ।

४. याे गठबन्धन केपीले भनेको जस्तो नेपाली जनताको चाहना र अाबश्यकता, पुष्पकमलले भनेको जस्तो निरन्तरतामा क्रमभंगता र बाबुरामले भनेको जस्ताे अाबश्यकता र अाकस्मिकता जे भने पनि विचार  र प्रबृत्तिकाे दृष्टिले हेर्दा याे संयाेग र स्वभाबिक छ । यसले संशोधनवादी गठबन्धनलाई एक ठाउँमा ल्याएको छ र कथित क्रान्तिकारी अावरणलाई च्यातेकाे छ ।

५. याे गठबन्धनले नेपालकाे राजनीतिलाई तत्कालका लागि तीन धारा र त्यसपछि दुई धारामा बिभाजन गर्नेछ । तत्कालको लागि काँग्रेसकाे नेतृत्वमा कठाेर पुँजीवादी धारा, अर्को एमालेकाे नेतृत्वमा सुधारवादी संसदीय बामधारा र अर्को एउटा सच्चा कम्युनिस्टहरुकाे क्रान्तिकारी समाजवादी धारा कायम हुनेछ भने दीर्घकालिन रुपमा एउटा यथास्थितिवादी पुँजीवादी धारा र अर्को क्रान्तिकारी बैज्ञानिक समाजवादी धारा कायम हुनेछ । यसले देशलाई क्षेणिक संकटमा लगेतापनि अन्ततः वैज्ञानिक समाजवादी धाराले बिजय हासिल गर्ने छ र सबै खाले संकटको समाधान गर्ने छ ।

६. यति हुँदाहुँदै पनि एकता र सहकार्यको सामान्य मापदण्ड पनि पूरा नगरि जसरी बाम धुर्बिकरणकाे हठात घाेषणा गरियो, यसको पर्दा पछाडि ठूलो रहस्य लुकेको सहजै अनुमान गर्न सकिन्छ । याे एक प्रकारले सामान्य नजरबाट हेर्दा अबान्छित, अप्रत्याशित, अनैतिक र अपबित्र जस्तो देखिएको छ । यसको कारण, मूल्यहिनकाे राजनीति गठबन्धनमा काँग्रेससँग सरकारमा बसेको माके, प्रतिपक्षमा बसेकाे एमाले र कम्युनिस्ट झण्डा फालेर हिँडेका बाबुराम अनि अन्य गैरकम्युनिस्ट चिन्तनका शक्ति सामेल हुनु र त्यसको काउन्टरमा काँग्रेसले अर्को कथित प्रजातान्त्रिक गठबन्धन हठान बनाउन खाेज्नुले यसको पुष्टि गर्छ । यसले यस्तो पनि संकेत गर्छ कि फुटाउने र जुटाउने शक्ति एउटै छ ।

त्यसले कथित सहमतिको राजनीति र कथित संविधान काे उलंघन गराउँदै कथित दलाल सरकार र सदनको विघटन गरी गैरराजनीतिक सरकार बन्ने, कथित संघीय र प्रान्तीय चुनाव पनि वरपर हुने र देशमा ठूलो वैदेशिक चलखेल हुने संभावना पनि देखिन्छ । यदि यस्तो भयो भने पनि दलाल संसदीय ब्यवस्थाकाे स्वभाविक परिणाम मान्नु पर्ने हुन्छ र बरु त्यसको बिकल्पमा वैज्ञानिक समाजवाद स्थापनाकाे मार्गमा अघि बढ्नुपर्छ । बाहिरी शक्तिको भरमा तयार भएका चाहे कथित बाम हउन चाहे कथित प्रजातान्त्रिक गठबन्धन हाेउन, ती सबै निकट भबिश्यमै तासको महल जसरी ढल्ने छन् र क्रान्तिकारीहरु बीच बलियो एकता र धुर्बिकरण अगाडि बढ्ने छ । सबैलाई चेतना भया ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]