Dabali News

Ad

किम जोङको पछिल्‍लो भनाईः ट्रम्प कागजी बाघ हुन्, धम्कीबाट कसैले डराउनु पर्दैन

१८ असोज

काठमाडौँ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कागजी बाघ भएको बताउँदै धम्कीबाट नडराउने बताएका छन् ।

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले चिनियाँ अधिकारीसँग किम जोङसँग वार्ताको पहल गरिदिनु अाग्रह गरेपछि राष्ट्रपति ट्रम्पले वार्ताको लागि समय खेर नफाल्न सुझाव दिएका थिए ।

उत्तर कोरियाली संचारमाध्यमका अनुसार नेता उनले सरकारी उच्च अधिकारीसँग छलफलमा अमेरिकी साम्राज्यवाद र राष्ट्रपति ट्रम्प कागजी बाघ भएको बताउँदै डर र धम्कीबाट कोही डराउनु नपर्ने बताए । ट‍्रम्पले मुर्खता गर्न सक्ने भन्दै उनले सम्भावित खतराको लागि भने सधै तयार रहन निर्देश समेत दिए ।

राष्ट्रसंघको महासभामा बोल्दै उत्तर कोरियाको विनाशको विकल्प नभएको बताएपछि नेता उन अाक्रमक बनेका छन् ।

विदेशमन्त्री टिलर्सनले चीन पुगेर अाफूहरु उत्तर कोरियासँग युद्ध भन्दापनि वार्ताको माध्यमबाट समस्या समाधान गर्ने तर्क गरेका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]