Dabali News

Ad

युएईमा व्यवसायको तयारीमा रहेका एक नेपालीको लडेर मृत्यु

१८ असोज

आबुधाबी । लडेर घाइेत भई यहाँ एक अस्पतालमा उपचार गराइरहेका एक नेपाली युवाको मृत्यु भएको छ ।

वैदेशिक रोजगारीको क्रममा यहाँ पुगेका सिन्धुपाल्चोकका दिनेश शाक्य पानी परीक्षणको क्रममा सिँढीबाट लडेका थिए । युएईको आबुधाबीमा रहेको मर्फक अस्पतालमा मृत्यु भएको हो ।

असोज ६ गते लडेका शाक्यको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका क्रममा सोमबार ज्यान गएको हो । उनी विगत १० वर्षदेखी युएईमा कार्यरत यहाँ कार्यरत थिए । आबुधाबीमा रहेको सेल्ही नाबी टेक्निकल सर्भिसेस एलएलसी कम्पनीमा प्राविधिकको रुपमा कार्यरत शाक्यले आफ्नै व्यवसाय सुरु गर्ने तयारीमा थिए ।

काम गर्दै आएको कम्पनीको भिसा रद्द गरिसकेको र नयाँ भिसा नलगाई सकेको अवस्थामा शाक्यको ज्यान गएकोले परिवारले बीमा बापतको क्षतिपूर्ति नपाउने र शव नेपाल पठाउन गारो हुने दूतावासले जनाएको छ ।

शाक्यकी श्रीमती कमला श्रेष्ठ शाक्य पनि आबुधाबीमै एक पार्लरमा कार्यरत छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]