Dabali News

Ad

असोज १७ गते विश्‍वका क्रान्तिकारी कम्युनिस्टहरुको लागि नकारात्मक दिनमा नोट

१७ असोज

काठमाडौं । वामपन्थी लेखक तथा वरिष्ठ पत्रकार नरेन्द्रजंग पीटरले माओवादी केन्द्रले जनयुद्धको निर्मम समिक्षा गर्न छोडेर एमालेसँग एकता गर्नु विश्व क्रान्तिकारी कम्युनिस्ट अान्दोलनका लागि नकारात्मक एेतिहासिक दिन भएको बताएका छन् ।

एमाले-माओवादी केन्द्रबीचको एकता पछि पत्रकार पीटरले सामाजिक संजालमा सबै माओवादी घटकहरुले जनयुद्धको निर्मम समिक्षा गर्नेछन् भन्‍ने अाफूलाई अाशा भएको तर त्यसो नभएको बताए ।

‘मेरो एकमात्र चहाना समग्र माओवादी घटकले जनयुद्धको निर्मम समिक्षा गरुन …त्यो विश्व कम्युनिस्ट आन्दोलनलाई गम्भीर दस्तावेज होला भन्ने लागेको थियो । त्यस आशाको आजदेखि बिट मारियो । यो नेपाललाई मात्र हैन विश्वका क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको लागि पनि नकरात्मक ऐतिहासिक दिन भनेर नोट हुनेछ’ पत्रकार पीटरले लेखेका छन् ।

माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समेत रहेका उनले केही दिन पहिले मात्रै माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]