Dabali News

Ad

एमाले र माके पुँजीवादका गुलाम, क्रान्तिलाई सकैले छेक्न सक्‍ने छैनः विप्लव

१७ असोज

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेकपा एमाले र माओवादी केन्द्रको पुँजिवादका गुलाम भएको बताएका छन् ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच पार्टी एकतापछिको पहिलो प्रतिक्रिया दिँदै विप्लवले भने, ‘नेपाल देश र नेपाली जनता पराधिन, अपहेलित, गरिब, उत्पीडित हुनुको कारण दलाल पुँजीवादी संसदीय सत्ता हो, यसको समाधान पुँजीवादी, संसदवादी लुटेरा, हत्यारा सत्ता मुनी सुतुरमुर्गे तालले टाउको घुसारेर सम्भव छैन ।’

महासचिव विप्लवले एमाले र माओवादी केन्द्रलाई संकेत गर्दै दलाल संसदीय व्यवस्था वरिपरि घुम्ने व्यक्ति, वर्ग र पार्टी कमजोर हुन या ठूलो हुन् ती अन्ततः पुँजीवादका गुलाममा परिणत हुने बताउँदै देशको स्वाधिनता र जनताको मुक्ति खोज्नु आफ्नै भविष्यलाई अन्धकारतिर धकेल्नु भएको बताए ।

हरेक कम्युनिष्ट, देशभक्त र लोकतन्त्रवादीले दलाल संसदीय व्यवस्थाविरुद्ध विद्रोह गर्ने वेला आएको बताउँदै सन्नीकट क्रान्तिलाई कसैले छेक्न सक्ने नसक्ने बताए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]