Dabali News

Ad

एमाले-माके एकता सहमतिबाट ‘सूर्य अाउट’, यस्तो छ कारण

१७ असोज

काठमाडौं । नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच चुनावी तालमेल तथा पार्टी एकीकरणको सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सुरुमा एकताको लागि भन्दै ७ बुँदे सहमति ड्राफ्ट तयार भएको थियो तर ६ बुँदे सहमति पत्रमा हस्ताक्षर भयो ।

काठमाडौंको राष्ट्रिय सभागृहमा अायोजित घोषणा सभामा एमाले अध्यक्ष केपी ‌ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले सहमति पत्रमा हस्ताक्षार गरेका छन् ।

यस्ता छन् ६ बुँदा 

१. तीन पार्टीबीच एकीकरण गरी एउटै पार्टी निर्माण गर्ने उद्देश्यका साथ हाललाई ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्ने ।

२. समितिमा एमालेबाट ४, माओावदीबाट ३ र नयाँशक्तिबाट १ नेता रहने । विस्तृत खाका र योजना यही समितिले तयार पार्ने ।

३. पार्टीको नीति र विधान तयार पार्न दस्तावेज मस्यौदा समिति गठन गर्ने । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि एकीकरण सम्पन्न गर्ने ।

४. अब बन्ने पार्टीको मुद्दामा बहस गर्न सकिने । सार्वजनिक रुपमा सार्वजनिक टिप्पणी र नकारात्मक टिप्पणी नगर्ने

५. आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाका निर्वाचनमा माओवादीलाई ४० र एमालेलाई ६० प्रतिशत हुने गरी तालमेल गर्ने ।

६. निर्वाचनमा साझा घोषणा पत्र तयार पार्ने । प्रतिनिधि सभा निर्वाचन घोषणा पत्र मस्यौंदा समिति तयार गर्ने । निर्वाचनमा तालमेलका लागि अन्य शक्तिलाई पनि आह्वान गर्ने ।

ड्राफ्ट तयार गरिएको सहमतिबाट सूर्य चिन्ह लिएर चुनावमा भन्‍ने सहमतिलाई अन्तिममा हटाइएको छ । एमाले अध्‍यक्ष ओलीले घोषणा सभामा बोल्दै केही प्राविधिक कारणले चुनाव चिन्हबारे टुंगो लागेन् । उनले निर्वाचन अायोगतिर संकेत गर्दै थप छलफल गरेर टुंगोमा पुग्‍ने जानकारी दिए । प्रचण्डर र बाबुरामले यसबारे केही बोलेनन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]