Dabali News

Ad

यस्ता छन् एमाले र माके एकीकरणका ८ बुँदा

१७ असोज

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भएको छ ।

दशैंमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको सहमतिअनुसार दुबै पार्टी आन्तरिक तयारीलाई तीब्र पारेका छन् ।

दुबै पार्टीले बैठकबाटै औपचारिक रुपमै चुनावी तालमेलसँगै पार्टी एकता गर्नेबारे निर्णय गरिसकेका छन् ।

दुबै पार्टीबीच प्रारम्भिक रुपमा भएको सहमति यस्तो छ 

१. बहुदलीय जनवाद र माओवादी केन्द्रले २०५२ सालमा सञ्चालन गरेको १० वर्षे सशस्त्र युद्धलाई बहसमा लैजाने ।

२. आसन्न निर्वाचनमा एमाले ६० र माओवादी केन्द्र ४० प्रतिशतमा रहने गरी उम्मेदवारी मिलाउने ।

३. सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने ।

४. आगामी सरकारको प्रमुख र पार्टी नेतृत्व बाँडफाँट गरेर जाने ।

५. पार्टीको नाम फेर्ने ।

६. एकता संयोजन समिति गठन गर्ने । चुनावलगत्तै पार्टी एकता गर्ने ।

७. समाजवादी क्रान्तिको मोडालिटी तयार पारेर अघि बढ्ने ।

८. सम्भव भए चुनावअघि सरकार परिर्वतन गर्ने ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]