Dabali News

Ad

१३ हजारमा अाफू बेचिएको बताउँदै इराकबाट नेपाली चेलीको चित्‍कार, उद्दारको लागि गृहमन्त्रीसँग अनुरोध 

१६ असोज

कठमाडौं । मानव तस्करहरुले विदेशमा नेपाली चेली बस्तुको भाउमा बेच्दै अाएको खुलासा भएको छ । राम्रो होटलमा वेटरको काम मिलाइदिने भन्दै बेचिएकी १०० नेपाली युवतीले उद्दारको लागि अनुनय गरेकी छन‍् ।

इराकमा एक घरमा यातना सहेर बसिरहेकी एक युवतीले चिनजानका अाफन्तलाई उद्दारको लागि पठाएको म्यासेज पठाएकी छन् । उनले अाफूसहित १०० नेपाली युवती १३ हजार डलरमा यहाँ बेचिएको बताएकी छन् । अाफूहरुलाई राम्रो काम लगाइदिने भनेको तर इराक पुग्दा मात्रै अाफूले १३ हजार डलरमा बेचिएको थाहा पाएकी बताएकी छन् ।

अाफूहरुलाई काठमाडौंबाट दिल्ली हुँदै श्रीलंकाको बाटोबाट इराक पुर्‍याइएको उनले बताएकी छन् ।

विदेशमा अलपत्र परेका नेपालीको उद्दार गर्दै अाएका कतारस्थित नेपाली युवा बिबि खरातलले इराक, लिबिया,साउथ अफ्रिका, ओमन, कुर्किस्थानलगायतका देशमा नेपाली युवती १३ हजार डलरमा दलालले बेच्दै अाएको जानकारी अाएको बताए । इराकमा बेचिएको केही नेपाली युवतीहरु सम्पर्कमा अाएको बताउँदै उद्दारको लागि पहल भइरहेको खरालले अनलाइन डबलीलाई बताए ।

इराकीको घरमा अाफूहरुले चरम यातना खेपिरहेको बताउँदै उद्दारको लागि गृहमन्त्री प्रभाकरलाई उद्दारको लागि अनुरोध गरेकी छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]