Dabali News

Ad

सरकार र चिकित्सबीच सहमतिः बिरामी मार्ने अस्पताल र डाक्टरविरुद्ध बोल्‍नेलाई कारवाही

१३ असोज

काठमाडौं । विगत अाठ दिनदेखि जारी चिकित्सको अान्दोलन फिर्ता भएको छ ।

सरकार र चिकित्सक संघबीच चार बुँदे सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता गरिएका छन‍् । अान्दोलन फिर्तासँगै सबै चिकित्सकहरु काममा फर्केका छन् ।

आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पार्दै आन्दोलनमा उत्रेका चिकित्सकहरु प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार भएको वार्तापछि अान्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिन तयार भएका हुन् ।

सरकारले चिकित्सक संघबीच भएको वार्तमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधन गर्ने प्रतिवद्धता जनाएको संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिए ।

चिकित्सक तथा अस्पतालविरुद्ध आक्रमण तथा दुर्व्यबहार गर्ने माथि कारबाही गर्ने गरी ऐन संशोधन गर्न सरकारले सहमति जनाएको संघद्वार जारी विज्ञप्तिमा उल्ले छ । त्यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र सो सम्बन्धमा बनेको नियमावली २०६९ लाई परिमार्जन गरिने सहमति दुई पक्षबीच भएको छ ।

सम्झौता कार्यान्वयनका लागि संघको सहभागितामा तीन दिन भित्र समिति गठन गरी प्रक्रिया अघि बढाइने संघले जनाएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]