Dabali News

Ad

युरोपा लिग फुटबलमा आर्सनल र एसी मिलान विजयी

१३ असोज

काठमाडौं । युरोपा लिग फुटबलअन्तर्गत विहीबार राती भएका खेलमा आर्सनल र एसी मिलान विजयी भएका छन् ।

समूह चरणको खेलमा इङ्लिस क्लब आर्सनलले रोमानियाको बाते बोरिसोभलाई उसैको मैदानमा ४-२ ले हरायो । आर्सनलका लागि थियो वाल्कोटले दुई तथा रब होल्डिङ र ओलिभर जिरुले एक–एक गोल गरे ।

युरोपा लिगकै खेलमा अर्को इङ्लिस क्लब एभर्टनलाई भने साईप्रसको अपोईल लिमासोलले २-२ गोलको बराबरीमा रोकेको छ । उता ईटालीको एसी मिलानले क्रोएसियाको रिजेकालाई ३-२ ले हराउँदा अर्को ईटालीयन क्लब लाजियोले बेल्जियजको जुल्टे वारेगेमलाई २-० ले पराजित गर्‍यो ।

यसैगरी फ्रान्सको मार्सेलाई अष्ट्रियाको साल्जबर्गले १-० ले हराउँदा अर्को फ्रेन्च क्लव लियों ईटालीको एटलान्टासँग १-१ गोलको बरारबीमा रोकियो । युरोपा लिगमा रुसको जेनिथले स्पेनको रियाल सोसिडाडलाई ३-१ ले हराउँदा अर्को स्पेनिस क्लब भियारियाललाई ईजरेलको मकाबी तेल अभिभले गोलरहित बराबरीमा रोकेको छ ।

युरोपा लिग फुटबल अन्तर्गत गएराति भएका अन्य खेलमा डाईनाको किभ, ब्रागा, लोकोमोटिभ मस्को र रोजेनबर्ग पनि विजयी भएका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]