Dabali News

Ad

दशैं मनाइरहेका परिवारलाई साउदीबाट अायो दुःखद्‍ खबर, नोख बहादुरले गरे आत्माहत्या

१३ असोज

काठमाडौँ । वैदेशिक रोजगारीको क्रममा साउदी अरब पुगेका एक नेपालीले आत्माहत्या गरेका छन् । साउदी अरबको दमामस्थित एक कम्पनीका काम गरिरहेका दाङ तुलसीपुर ४ का नोख बहादुर बुढाले घरको छतबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

सँगै रहेका नोख बहादुरका काका भुम बुढाका अनुसार यही सेप्टेम्बर २४ मा राति आत्महत्या गरेका हुन् । उनका अनुसार साँझा खाएर साथीहरुसैगै खाना खाएका नोखबहादुर राति अवेरसम्म कोठामै थिए ।

आफू बस्ने घरको छतको फलामे डण्डीमा पासो लगाएर आत्महत्या गरेको काका भुम बुढाले बताए । मृतक नोखबहादुरको घरमा श्रीमती र एक छोरी छन् ।

काठमाडौँस्थित मदरल्याण्ड ओभर्सिजबाट १८ महिना अगाडि नोखबहादुर साउदी पुगेका थिए । उनी दसाउदीस्थित अफ्रस ट्रेडिङ कन्ट्रक्सन कम्पनीमा कार्यरत थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]