Dabali News

Ad

जनताको कारवाहीः फार्मेसी काउन्सिलका अध्यक्ष बाबुरामलाई कालोमोसो

१२ असोज

काठमाडौँ । फार्मेसी काउन्सिलका अध्यक्ष बाबुराम हुमागाईलाई कालोमोसो दलिएको छ ।

भारतमा पढेकालाई विना परीक्षा दर्ता प्रमाणपत्र दिने गरेको तर नेपाल र अन्य देश पढेकाहरुलाई अनिवार्य पुनः परीक्षा दिनु पर्ने बाध्यकारी प्रावधान बनाएको, घुस मागेको, आर्थिक प्रलोभनमा परी मापदण्ड नपुगेका शिक्षण संस्थाहरुलाई सम्बन्धन दिएको जस्ता आरोप लगाउँदै यौङ्ग फर्मासिष्ट ग्रुपले मुमागाईलाई कालोमोसो दलेको हो ।

त्यस्तै मनमोहन मेमोरियल ईन्स्टिच्युट अफ हेल्थ साइन्स र भ्याली कलेज अफ टेक्निकल साइन्सको सम्बन्धन नवीकरण,स्थानान्तरण र अध्यन–अध्यापन स्विकृतिको लागि २० लाख रुपैयाँ घुस लिएको ग्रुपले बताएको छ ।

औषधि ब्यापारिहरुसँग मिलि फर्मासिष्टहरुको पेशागत हित विपरीत काम गर्ने गरेको र केहीको सेवा सुविधा कटौती गर्नेदेखि जागिरबाट निकाल्न लगाउने सम्मको हर्कत गरेका कारण उनीमाथि कारबाही गर्नुपर्ने भएको फर्मासिष्ट ग्रुपले भनाई छ ।

अध्यक्ष हुमागाईले फार्मेसी काउन्सिललाई परिवार भर्ती केन्द्र बनाएको भन्दै सामाजिक बहिस्कारको लागि कालोमोसो दलेको फर्मासिष्ट ग्रुपको भनाई छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]