Dabali News

  • Ad

कुन उमेरमा र कस्ताे महिलाले कुन गहना लगाउँदा राम्री देखिन्छन् ?

women

 

तपाईँ गहना किन्न बजार जादै हुनुहुन्छ भने तपाईँल‍ाई गहना सम्बन्धि अाधारभूत कुराकाे जानकारी हुन अावश्‍यक हुन्छ । जस्ताे कुन उमेर, कस्ताे फेसकट, उचाइ, माेटाइँ अादि । यी कुरालाई ध्यानमा राखेर तपाईँले गहना किन्नु भयाे भने तपाईँलाई अाकर्षक देखिनुहुन्छ भने जस्ताे पायाे त्यस्तै गहना किन्नु भयाे भने तपाईँका पैसा त खर्च हाेला तर तपाईँलाई अाकर्षक देखिनुहुँदैन ।

त्यसकाे लागि यी कुरालाई ध्यान दिनुपर्छः

  • उमेरअनुसार  गहना 

बीसको उमेरमा
यो उमेरमा कोमल, ट्रेन्डी एवं स्टाइलिस गहना लगाउनुपर्छ । यो उमेरमा हरेक प्रकारका  गहना लगाउन सकिन्छ । अत: फंकी, ग्ल्यामरस एवं स्टाइलिस गहनालाई आफ्नो स्टाइल मन्त्र बनाउनुपर्छ ।
तीसको उमेरमा 
यो उमेरमा  गहना छनोट गर्दा विशेष ध्यान दिनुपर्छ । आफ्नो र परिवारको प्रतिष्ठाको ख्याल राखी गहना छनोट गर्नुपर्छ । धेरै लाइट वा हेभी  गहना लगाउनुको साटो डिजाइनर गहना लगाउनुपर्छ ।
पचासको उमेरमा 
यो उमेरमा पहिरनका साथै गहना पनि सिम्पल, तर ग्रेसफुल हुनुपर्छ । लामो चेनका साथमा पेन्डेन्ट र मुहारअनुरूप डिसेन्ट गहना नै उपयुुक्त मानिन्छ ।

  • फेस कटअनुसार ज्वेलरी सेलेक्सन 

ओवल सेप : अण्डाकार मुहारमा हरेक प्रकारका गहना सुहाउँछन् । त्यसैले अण्डाकार मुहार हुनेहरूले कुनै पनि गहना लगाउन सकिन्छ ।
राउन्ड सेप : राउन्ड फेस अर्थात् गोलो मुहार भएकाहरूले ह्याङगिङ इयरिङ तथा लामो चेन वा नेकलेस लगाउनुपर्छ । यसबाट मुहार लामो देखिन्छ । राउन्ड फेस तथा मोटो शरीर भएकाहरूले टप्स वा धेरै सानो इयरिङ लगाउनु हुँदैन ।
लङ सेप : लङ फेस अर्थात् लामो मुहार भएकाले ह्याङ्गिङ लगाउनु हुँदैन । कारण यसबाट मुहार अझ लाम्चो देखिन्छ । हायङ्गिङ इयरिङको साटो टप्स लगाउनुपर्छ ।
स्कवेयर सेप : स्कवेयर फेस अर्थात् चौकर मुहार भएकाले चौडा वा गोलो खालको झुम्का लगाउनुहुँदैन । यसबाट मुहार अझ चौडा देखिन्छ । चौकर मुहार भएकाहरूका लागि लामो झुम्का खुल्छ ।

  • उचाइअनुसार  गहना

उचाइ कम छ भने 
–कोलर लेन्थ वा लामो नेकपिस लगाउनुपर्छ । भी आकारको लेकलेस बढी सुट गर्छ ।
–मोटो वा हेभी करा, ब्रासलेट आदि लगाउनुको साटो हलुका खालको चुरा लगाउनुपर्छ ।
–अपवार्ड अर्थात् जसको डिजाइन माथितर्फ हुन्छ त्यस्तो इयरिङ छनोट गर्न सकिन्छ ।
एभरेज हाइट छ भने 
–कुनै किसिमको नेकपिस लगाउन सकिन्छ ।
–मोटो ब्रासलेट वा करा उपयुक्त हुन्छ । त्यसैले पातलो चुराको साटो करा वा ब्रासलेट लगाउनुपर्छ ।
–कुनै पनि डिजाइनको इयरिङ लगाउन सकिन्छ ।
अग्लाहरूले
–कुनै पनि साइज वा लम्बाइको नेकलेस लगाउन सकिन्छ तर चोकर बढी सुहाउँछ । विशेष अवसरमा लामो लाइन्स भएको चोकर पनि लगाउन सकिन्छ ।
–मोटो ब्रासलेट, करा वा हातभरि चुरा लगाउनुपर्छ ।
–लामो अर्थात् ह्याङ्गिङ इयरिङ बढी सुट गर्छ ।

  • बडी सेपअनुसार गहना सेलेक्सन 

–धेरै दुब्ला–पातलाहरूले भने हेभी खालका गहना लगाउनुहँुदैन ।
–मोटो शरीर भएकाहरूले भने साना खालका गहना लगाउनु हुँदैन ।
–मोटो शरीर भएकाहरूका लागि जडाउ गहना बढी सुहाउँछन् । घाँटी मोटो छ भने चोकर लगाउनुपर्छ । कारण यसबाट घाँटी अझ मोटो देखिन्छ ।
–घाँटी लामो छ भने झुम्का अनुहारमा खुल्छ ।

  •  नारीबाट

क्वाँटीका १५ फाइदा यस्ता छन् 

kwati

१. कब्जियतको समस्या हटाउँछ । क्वाँटी रेसादार खानाको स्रोत हो । २. मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ । तर मधुमेह भएकाले चिकित्सक तथा डाइटिसियनसँग भने एकपटक सल्लाह लिन आवश्यक छ । ३. यसले बूढो हुने गति मन्द पार्नुको साथै...

चुरोट पिउनेको दिमागको पत्र पातलो

churot

चुरोट पिउनेले जति सक्दो चाँडो आफ्नो आदत त्यागेमा यसअघि चुरोटले दिमागमा पारेको क्षतिबाट बच्न सक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । दिमागको शक्तिलाई पूर्ववत् अवस्थामा राख्न ७० वर्षपछि पनि चुरोट रोक्न सकिने उनीहरुको सुझाव छ । युनिभर्सिटी अफ इडनबर्कका वैज्ञानिकहरुले हालै सार्वजनिक गरेको नयाँ...

मुखभित्र स्वास्थ्य छ भने योग गरेर ठिक गर्न सकिन्छ 

bad-breathe

मुखभित्र घाउ हुने मुखभित्र श्लैष्मिक आवरण, जिब्रो, गिजा, ओठलगायत मुखको कुनाकानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ हुन्छ । यस्तो घाउ स–सानो एक वा धेरै मात्रामा आउन सक्छ भने समस्या बढेर जटिल भई घाउ ठूलो र गहिरो भएर खानबोल्नै नहुने किसिमले दुख्ने,...

निराेगी बन्न चाहानुहुन्छ भने यसाे गर्नुहाेस्

बिहान के गर्ने ? दिनको सुरुवात बिहानीबाट भएजस्तै हाम्रो दैनिकी पनि बिहानबाटै सुरु हुन्छ । त्यसैले जति सक्यो सबेरै उठेर आफ्ना क्रियाकलाप सुरु गर्नु उत्तम हुन्छ । चाँडो सुत्ने, चाँडो उठ्ने गर्नाले मान्छेलाई स्वस्थ, धनी, बुद्धिमानी बनाउँछ  भन्ने उखानै पनि छ ।...