Dabali News

Ad

यू-१८ साफ च्याम्पियनको उपाधि नेपालले जित्‍यो

१२ असोज

काठमाडौं । १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । भुनाको थिम्पुमा भएको खेलमा भारतलाई २–० ले हराउँदै नेपालले उपाधि जितेको हो ।

खेलको दोस्रो मिनेटमै दिनेश हेन्जनले गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए । खेलको ३७ औँ मिनेटमा फेरि हेन्जनले नै अर्को गोल थपे । त्यसपछि पनि कुनै गोल हुन सकेन र नेपालले २-० ले खेल जित्यो ।

यसअघिको विजेता नेपालले उपाधि जोगाउन जित्नै पर्ने दबावमा थियो ।

गएको सोमबार नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो भने शुक्रबार नेपालले माल्दिभ्सलाई २–० ले हराएको थियो । पहिलो खेलमा भने नेपाल इतिहासमै पहिलोपटक भुटानसँग १–० ले पराजित भएको थियो ।

बुधबार नै भएको अर्को खेलमा बंगलादेशले आयोजक भुटानलाई २–० ले हरायो । प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत, बंगलादेश र माल्दिभ्स सहभागी थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]