Dabali News

Ad

गोर्खाल्यण्ड आन्दोलन स्थगित, सर्वसाधारण भन्छन्-खै रगतको मूल्य (भिडियोसहित)

११ असोज

झापा । दार्जलिङमा जारी गोर्खाल्याण्ड अान्दोलन स्थगित भएको छ ।

गोर्खा जनमुक्ति मोर्चाले विगत सय दिनभन्दा बढी अवधिदेखि जारी बुधबार विहानैबाट फिर्जा लिएको छ। दशैं-तिहार तथा छठ पर्वको कारण बन्द फिर्ता लिनु परेको मोर्चाले जनाएको छ ।

मोर्चाका प्रमुख नेता बिमल गुरुङ्गले एक रेडियो वक्तव्यमार्फत् अनिश्चित कालसम्मका लागि आन्दोलन र बन्दको कार्यक्रम फिर्ताको घोषणा गरेका हुन् ।

भारतको केन्द्र सरकारका गृहमन्त्री राजनाथ सिंहको विशेष आग्रहमा उक्त आन्दोलन र बन्दको कार्यक्रम फिर्ता गरिएको भारतीय संचारमाध्‍यमहरुले जनाएका छन् ।

बन्द फिर्तासँगै दार्जिलिङ्ग र आसपासका सबै ठाउँका जनजीवन बुधबार बिहानदेखि सामान्य हुँदै गएको छ ।

मोर्चाले अान्दोलन स्थगित गरेर बन्दका कार्यक्रम फिर्ता लिएसँगै सर्वसाधारण भने अाक्रोसित भएका छन् । उनीहरुले अान्दोलन फिर्ता लिनलाई किन रगत बगाइयो भन्दै मोर्चाका नेताहरुसँग अाक्रोसित भएका छन‍् ।

जारी अान्दोलनलाई निष्कर्षमा पुर्‍याउने सपना देखेर अान्दोलनमा होमिएका बृद्धबृद्धा पनि असन्तुष्ट भएका छन् ।

बन्द फिर्ता भएसँगै एक वृद्ध अान्दोलनकारी महिलाले यसरी अाक्रोस पोखिन् 

गोर्खाल्यण्ड अान्दोलन फिर्तासँगै बुढापाकाहरु यसरी भए अाक्रोसित

गोर्खाल्यण्ड अान्दोलन फिर्तासँगै बुढापाकाहरु यसरी भए अाक्रोसित

Posted by Online Dabali on Wednesday, September 27, 2017

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]