Dabali News

Ad

१८ बर्षमुनिका फुटवल खेलाडीहरु भारतीयसँग आज भिड्दै

११ असोज

काठमाडौं । यू-१८ साफ च्याम्पियनसिप फुटवल अन्तरगत उपाधिको लागि नेपालले भारतसँग भिड्दैछ ।

चारवटै टीमको समान सम्भावनाका बिच साविक विजेता नेपालले बुधबार बेलुकी सवा ६ बजे भुटानको चांलिमिथान रंगशालामा शुरु हुनेछ ।

नेपाल, भारत, बंगलादेश र भुटान समान ६ अंकसहित उपाधीको दावेदार छन् । तर गोल अन्तरका आधारमा भारत पहिलो, बंगलादे दोस्रो, नेपाल तेस्रो र भुटान चौथो स्थानमा छन् । लगातार दोस्रोपटक उपाधी नेपाल भित्राउन नेपालले बुधबार भारतलाई त हराउनैपर्छ भने बंगलादेश र भुटानको खेलको गोल अन्तरपनि नेपालको अनुकुल आउनुपर्छ ।

भुटानसँग पहिलो खेलमा हारेपछि नेपालाई उपाधी जोगाउन भारतलाई हराउनैपर्ने र अरु देशको नजितामा भर पर्नुपर्ने अवस्था आएको हो ।

पहिलो खेलमा भुटानसँग १–० ले पराजित भएको नेपालले माल्दिभ्सलाई २–० र बंगलादेशलाई २–१ ले हराएर उपाधी यात्रामा कायमै राखेको हो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]